Main News

निर्वाचन रोकिए ठूलो दुर्घटना हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख ३ गते १३:५७
निर्वाचन रोकिए ठूलो दुर्घटना हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७९ जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन रोकिए देशमा ठूलो दुर्घटना हुने बताउनुभएको छ ।

जनकपुरधाममा आज स्थानीय तह निर्वाचन मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने अन्यथा दुर्घटना निम्तने बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रमभंग गर्ने अवस्था नरहेको भन्दै निर्वाचन प्रति संशय उत्पन्न हुने खालको अभिव्यक्ति आइरहनु दुखद् भएको टिप्पणी गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन हुनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *