राजनीति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
२०७९ वैशाख ३ गते ७:२२

३ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । महानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मोदवारबारे छलफल गर्न बैठक बोलाइएको हो ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागबण्डाबारे सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ ।
तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरबाट चर्को दबाव छ ।
प्रतिक्रिया