राजनीति

भरतपुर महानगरपालिकामा को बन्ला उम्मेदवार ? (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २ गते २१:१२
भरतपुर महानगरपालिकामा को बन्ला उम्मेदवार ? (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचन भएको भरतपुर महानगरपालिकामा यो पटक को उम्मेदवार हुने हो भन्नेमा धेरैको चासो छ ।

भरतपुर महानगर कुनै पनि हालतमा एकले अर्कोलाई नछाड्ने सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अडानले भरतपुरको राजनीति गर्माएको छ ।

देशव्यापी रूपमा सत्ता गठबन्धनका दलहरू मिलेर निर्वाचन लड्ने गृहकार्य गरिरहेका छन । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा अन्योलता देखिएको छ ।

नेपाली कांग्रेस र माओवादीले भरतपुर महानगरपालिका नछाड्ने अडान कायमै राखेका छन । जसका कारण चितवनमा हुने भनिएको गठबन्धन जटिल भएको हो ।

कांग्रेस र माओवादीमा देखिएको विवादका कारण जिल्लामा हुने भनिएको सत्तारुढ गठबन्धनबीचको तालमेल नै अन्योलमा छ । तर, भरतपुर कस्ले लिने भन्ने विषय टुंगो लाग्न नसक्दा अन्य पालिकामा समेत कुनै निर्णय भएको छैन।

सत्तारुढ गठबन्धन विवादमा फसिरहेका बेला नेकपा एमालेले भने भरतपुर महानगरको मेयरमा विजय सुबेदीलाई सर्बसम्मत उम्मेदवार छनोट गरेर माथिल्लो समितिमा पठाइसकेको छ । जुनसुकै दलबीच गठबन्धन भए पनि नेकपा एमालेलाई कुनै फरक नपर्ने एमालेले दाबी गरेको छ ।

सात स्थानीय तह रहेको चितवनमा एक महानगरपालिका र एक गाउँपालिका छ । ५ वटा नगरपालिका छन । त्यसमध्ये अघिल्लो निर्वाचनमा कांग्रेसकै सहयोगमा नेकपा माओवादी केन्द्रकी उमेद्‍वार रेनु दाहालले झिनो मतले एमाले उम्मेदवार देवीप्रसाद ज्ञवालीलाई पछि पार्दै निर्वाचित हुनु भएको थियो ।

अहिले पनि माओवादीले रेणुलाई अघि सारेको छ । कांग्रेस भने माओवादीले आफूलाई सघाउनुपर्ने अडानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्