राजनीति

स्थानीय तह निर्वाचनका लागि यस्तो छ कांग्रेसको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २ गते २१:०४
स्थानीय तह निर्वाचनका लागि यस्तो छ कांग्रेसको तयारी (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । सत्तागठबन्धनमा सकस देखिएपछि गठबन्धनभित्रका सबैजसो दल आआफ्नै ढँगले तयारीमा सक्रिय देखिएका छन् ।

मुख्य सत्ताघटक नेपाली कांग्रेसभित्र गठबन्धन नगर्न दबाब बढिरहँदा विवाद रहेका स्थानमा के गर्ने भन्ने अन्योल देखिन्छ । कांग्रेसको निर्वाचन परिचालन समितिले भने गठबन्धनमा भएको सहमतिको मर्म अनुसारनै अगाडी बढ्न निर्देशन दिएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठक स्थानीय निर्वाचनमा सत्तागठबन्धनका विषयमा केन्द्रित रह्यो । समिति सदस्यहरुले धेरै स्थानमा गठबन्धनका लागि समस्या रहेको विषय उठाएपछि उपसभापति खड्काले सोही विषयमा बैठकमा समय लिएरै प्रष्ट पार्नुभयो ।

गठबन्धनका लागि पार्टीले गरेको निर्णय अनुशासनको घेराभित्र पर्ने भन्दै खड्काले सो निर्णय कार्यावयनमै जोड दिनुभयो । गठबनधन नरहे सरकार पनि नटिक्ने भन्दै उहाँले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सडकमा छाड्नु अनैतिक हुने भन्दै गठबन्धन बलियो बनाउने गरि निर्वाचन परिचालन अभियान अघि बढाउन निर्देशन दिनुभयो ।

बैठकमा गठबन्धनमा सहमति नजुटेका र गठबन्धनकै दलहरुकाबिचमा मुख्य प्रतिस्पर्धा रहेका स्थानमा भने गठबन्धन नगर्न पनि सकिने गरि छलफल भयो ।

मंगलबार बसेको सत्तागठबन्धनको बैठकले वैशाख ३ भित्र गठबन्धन र उमेदवारको नाम पठाउन निर्देशन दिएको थियो । सहमति भएका र नभएका स्थानको नाम आएपछि विवाद भउका ठाउँमा के गर्ने रु भन्ने विषयमा कांग्रेससले त्यसपछि नै छलफल गर्ने तयारी गरेको छ ।

महानगरपालिका, नगरपालिका र गाउँपालिकामा सत्तागठबन्धन भित्र धेरै स्थानमा समस्या नदेखिए पनि केही स्थानमा भने ठुलै समस्या देखिन्छ । भरतपुर महानगरपालिका,विरगञ्ज महानगरपालिका र पोखरा महानगरपालिकामा सहमति हुन सकेको छैन ।

शुक्रबार नै संखुवासभामा कांग्रेसले स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन नहुने बताएको छ । यसरी सत्तागठबन्धनभित्र समस्या आउने क्रम शुरु भइसकेकाले स्थानीय तहमा केन्द्रको निर्देशन कार्यान्वयनमा जटिलता बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्