राजनीति

गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २ गते १८:४०
गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरुविरुद्ध सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको दाबी गर्नुभएको छ ।

विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध देशभरका जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताउनुभयो ।

गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले देशलाई सामाजिक न्यायसहितको समतामूलक बनाउने अभियान माओवादीको रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्