Main News

गृहमन्त्री खाँण र प्रवक्ता विश्वकर्माबीच भेट

२०७९ वैशाख २ गते १६:३३
गृहमन्त्री खाँण र प्रवक्ता विश्वकर्माबीच भेट

२ वैशाख २०७९ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राख्नुभएको थियो । गृहमन्त्री खाणले कानुनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *