Main News

संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २ गते १६:१९
संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरु (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७९ काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलमा संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ ।

सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणाली लागू गरेको हो ।

संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अहिले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताउनुभयो ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत् हुँदा सेवाग्राहीहरुले छिटो, छरितो र गुनासोरहित सेवा पाउने अपेक्षा गर्नुभयो ।

कार्यालयले चालू आर्थिक वर्षको ९ महिना साउनदेखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ जनालाई श्रम स्वीकृति दिएको छ ।

अबको एक हप्ता पछि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट नै गर्ने तयारीमा कार्यालय छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *