Main News

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

हिमालय टिभी
२०७९ वैशाख २ गते ८:५६
भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

२ वैशाख २०७९ भक्तपुर । भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ ।

बोडेमा वैशाख १ गतेको बेलुकीदेखि वैशाख २ गतेसम्म हुने जात्रामा बोडेमा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने चलन छ । आज थिमि बोडेका ४९ वर्षका बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्दै हुनुहुन्छ ।

श्रेष्ठले यसअघि ८ पटक जिब्रो छेडिसक्नुभएको छ । मध्यपुर थिमि वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्छन् ।

परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिन्छ । चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुञ्जेलसम्म निराहार बस्नुपर्ने परम्परा छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने लगायतको नियम पालना गर्नुपर्दछ । त्यसो गरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र विघ्नबाधा आउने जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *