राजनीति

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज

हिमालय टिभी
२०७९ वैशाख २ गते ८:५०
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज

२ वैशाख २०७९ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे का लागि बोलाइएको बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन भोलि सात सहमहामन्त्रीलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरिसकेको छ ।

उनीहरूले प्रदेशमा उम्मेदवारको टुंगो लगाउने प्रयास गर्नेछन् । यदि प्रदेशबाट उमेदवार टुङ्गो लगाउन नसके उनीहरूले वैशाख ९ गतेसम्म केन्द्रमा पठाउने छन् । त्यसपछि केन्द्रले वैशाख १० गतेसम्म उम्मेदवारको टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्