Main News

नेपालको थप दुई देशसँग कूटनीतिक सम्बन्ध विस्तार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ३० गते १८:५८
नेपालको थप दुई देशसँग कूटनीतिक सम्बन्ध विस्तार (भिडियो रिपोर्टसहित)

३० चैत २०७८ काठमाडौं । नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताउनु भएको हो ।

उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ ।

प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनु भयो ।

प्रवक्ता लम्सालले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.