Main News
ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु, सात जना घाइते
२०७८ चैत ३० गते १३:१६

३० चैत २०७८ ओखलढुंगा । ओखलढुंगामा भएको जीप दुर्घटनामा २ जना प्रहरीको मृत्यु हुँदा ७ जना घाइते भएका छन् ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा आज बिहान जीप दुर्घटनामा परेको थियो ।
घाइते ७ मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
जीप सोलुखुम्बुबाट मोरङको विराटनगरका लागि छुटेको थियो । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
प्रतिक्रिया