Main News

आयोगको असन्तुष्टि, सर्वोच्चमा रिट दायर

हिमालय टिभी
२०७८ चैत ३० गते १३:११
आयोगको असन्तुष्टि, सर्वोच्चमा रिट दायर

३० चैत २०७८ काठमाडौं । निर्वाचित जनप्रतिनिधिले पुनः स्थानीय तहमा उम्मेदवारी दिए पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

निर्वाचन आयोगले जनप्रतिनिधिले पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा राखेको थियो ।

तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिटमा सर्वोच्चले चैत ८ गते आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि आजै सुनुवाइ हुँदैछ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *