Main News

बागमती प्रदेशमा थप चार अध्यादेश जारी

हिमालय टिभी
२०७८ चैत ३० गते ९:२७
बागमती प्रदेशमा थप चार अध्यादेश जारी

३० चैत २०७८ हेटौंडा । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ ।

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको हो ।

जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक शुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *