Main News

आज देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७८ चैत ३० गते ९:२३
आज देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना

३० चैत २०७८ काठमाडौं । आज देशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले विशेषगरी प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । यस्तै राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ ।

प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि भने देशको पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *