Main News

सत्ता गठबन्धनबीच जुट्यो ६८ जिल्लाको स्थानीय तहमा तालमेल गर्ने सहमति

हिमालय टिभी
२०७८ चैत २९ गते १८:४१
सत्ता गठबन्धनबीच जुट्यो ६८ जिल्लाको स्थानीय तहमा तालमेल गर्ने सहमति

२९ चैत २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ६८ जिल्लामा तालमेलको सैद्धान्तिक सहमति भएकोछ ।

सत्तारुढ पाँच दलले गुल्मी जिल्लाका सबै स्थानीय तहमा भागवण्डै गरिसकेका छन् । बाँकी ६७ जिल्लामा सैद्धान्तिक सहमति गरेका पाँच दलले कर्णाली प्रदेशका ७, लुम्बिनी र गण्डकी प्रदेशका १–१ जिल्लामा मात्र सैद्धान्तिक सहमति गर्न बाँकी रहेको छ ।

कर्णालीका दैलेख, जाजरकोट र जुम्लामा मात्र सहमति भएको छ । बाँकी ७ जिल्लामा छलफल जारी रहेको सत्तारुढ गठबन्धनले जनाएको छ । त्यस्तै, लुम्बिनीको अर्घाखाँचीमा सहमति कार्यान्वयन हुन सकस भएको छ ।

गण्डकी प्रदेशको मुस्ताङमा पनि सहमति जुटिनसकेको बताइएको छ । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *