राजनीति

पाँच दलीय गठबन्धन निर्वाचन सार्ने षड्यन्त्रमा लागेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २९ गते १८:१२
पाँच दलीय गठबन्धन निर्वाचन सार्ने षड्यन्त्रमा लागेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२९ चैत २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहाना बनाएर सत्ता गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले ललितपुरले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन नेत्रविक्रम चन्द विप्लवलाई देखाएर चुनाव सार्ने खेलमा लागेको र अध्यादेशमार्फत कानून ल्याउने षड्यन्त्र थालेको बताउनुभयो ।

उहाँले चुनाव हुन नदिने पाँच दलीय गठबन्धनको षड्यन्त्रको मतियार नबन्न चन्दलाई सुझाव दिनुभयो ।

अध्यक्ष ओलीले चन्दका नेता कार्यकर्तालाई रिहा गर्न र चुनावको वातावरण बनाउन केहिले नरोकेको भन्दै यही बहानामा वैशाख ३० गते निर्धारित चुनाव सार्न नमिल्ने र नपाइने बताउनुभयो ।

उहाँले नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको चर्को आलोचना गर्नुभयो ।

अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरूले अहिले पनि चुनाव सार्न कोशिस गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्