Main News

खाली जग्गा भूमाफियाको कब्जामा रहेको प्रधानमन्त्रीको स्वीकारोक्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २९ गते १६:१४
खाली जग्गा भूमाफियाको कब्जामा रहेको प्रधानमन्त्रीको स्वीकारोक्ति (भिडियो रिपोर्टसहित)

२९ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताउनु भएको छ ।

शहरी विकास मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम गरिरहेको बताउनुभयो । उहाँले काठमाडौंमा फोहोर व्यवस्थापन हुन नसक्दा सरकारलाई नै लाजमर्दो भइरहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताउनुभएको छ । उहाँले अब गाउ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा समस्या ननिम्त्याउने ढंगको गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *