समाज

सुर्खेतमा निर्वाचन लक्षित सुरक्षा योजना तयार गरिँदै (भिडियो रिपोर्टसहित)

२०७८ चैत २९ गते १४:१७
सुर्खेतमा निर्वाचन लक्षित सुरक्षा योजना तयार गरिँदै (भिडियो रिपोर्टसहित)

२९ चैत २०७८ सुर्खेत । सुर्खेतमा निर्वाचन लक्षित सुरक्षा योजना बनाउन थालिएको छ । जिल्लाका निर्वाचन स्थललाई ३ भागमा विभाजन गरी सुरक्षा निकायले सुरक्षा योजनालाई मूर्त रुप दिन थालेका हुन् ।

विगत निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर २० वटा अति संवेदनशील, ८५ वटा संवेदनशील र ३३ वटा सामान्य मतदान स्थल तोकिएको छ ।

जिल्लाका अति संवेदनशील र संवेदनशील मतदान स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलताको अवस्था बुझ्न जिल्लास्थित सुरक्षा निकाय ९ वटै पालिकामा खटिएका छन् । स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा योजनाको आधारमा जिल्लाका सबै स्थानीय तहमा आवश्यक सुरक्षा प्रत्याभूति दिनका लागि सुरक्षा निकायका प्रमुखहरु पालिका केन्द्रित सुरक्षा योजनामा जुटेका हुन् ।

मतदान केन्द्र , मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक तयारी थालिएको जनाइएको छ। भयरहित वातावरणमा निष्पक्ष निर्वाचनका लागि आवश्यक तयारीलाई तिव्रता दिइएको हो ।

सुर्खेतमा दुई लाख ३८ हजार २०० मतदाता र १ सय ३८ स्थलमा २ सय ९१ मतदान केन्द्र रहेका छन् । सडक सञ्जाल, सञ्चार र विगतमा भएका झडपको आङ्कलन गरी सुरक्षा समितिले आवश्यक तयारी थालेको हो ।

सुरक्षा संवेदनशिलताका आधारमा आवश्यक जोखिमको अवस्था बुझ्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय लगायतका सुरक्षा निकायले सुरक्षा योजनाअन्तर्गत अनुगमन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *