समाज

अस्पतालको संरचना बनेपछि स्वीकृत नहुँदा १५ शैया मात्र संचालन (भिडियो रिपोर्टसहित)

२०७८ चैत २९ गते १४:१२
अस्पतालको संरचना बनेपछि स्वीकृत नहुँदा १५ शैया मात्र संचालन (भिडियो रिपोर्टसहित)

२९ चैत २०७८ पाँचथर । पाँचथर जिल्ला अस्पतालका लागि ५० शैयाको सुविधा सम्पन्न भवन निर्माण भएको छ । सघन शहरी विकास कार्यालयले अस्पताल व्यवस्थापन समितिलाई भवन हस्तान्तरण पनि गरिसकेको छ । तर ५० शैयाको अस्पताल स्वीकृत नहुँदा १५ शैया मात्र संचालन हुने भएको छ ।

पाँचथर जिल्ला अस्पतालको ५० शैयाका लागि आवश्यक भवन निर्माण भई हस्तान्तरण भयो । तर, आजसम्म पनि अस्पताल सञ्चालन भने स्वीकृत भएको छैन । त्यति मात्र हैन ५० शैयाको अस्पताल बनाउनका लागि संगठन तथा व्यवस्थापन सर्वे ९ओएनएम० समेत भएको छैन् ।

पूर्वी पहाडी जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा अकालमा ज्यान गुमाउनुपर्ने तथा उपचारका लागि तराईका महंगा अस्पतालमा लैजानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा पाँचथरका मात्र नभई तेह्थुम, ताप्लेजुङका बासिन्दाले पनि सेवा लिइरहेका छन् । २१ करोड ३४ लाख खर्चिएर भवन बने पनि स्वीकृति नपाउँदा तत्काल सुविधा नथपिने देखिन्छ ।

सुविधा सम्पन्न भवन तथा उपकरण भए पनि दक्ष जनशक्ति अभावमा सेवा विस्तार हुन सक्ने अवस्था छैन् । जनशक्ति नहुँदा चारओटा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । ५० बेड स्वीकृतिका लागि आफूले पहल गरे पनि निर्णय नभएको अस्पताल व्यवस्थापन समितिले जानकारी दिएको छ ।

बनेको भौतिक संरचना प्रयोग गर्दै धेरै भन्दा धेरै सेवा प्रवाह गर्न अस्पतालको क्षमता वृद्धि गर्नु आवश्यक देखिन्छ । क्षमता बढाउन सके ठूलो खर्च गरेर तराई क्षेत्रका अस्पतालसम्म जाने सेवाग्राहीको बाध्यता हट्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *