Main News
तरलताको चाप विस्तारै कम हुन्छ : कामु गभर्नर (भिडियो रिपोर्टसहित)
२०७८ चैत २८ गते १८:०८

२८ चैत २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताउनु भएको छ ।
काठमाडौंमा आज तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा कायम मुकायम गभर्नर ढुङ्गानाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनुभयो ।
उहाँले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने ढुङ्गानाको भनाइ छ।
कायम मुकायम गभर्नर ढुङगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै १८ प्रतिशत हिंसा गरिवीको रेखामुनी रहेको बताउनुभयो ।
प्रतिक्रिया