Main News
बेरुजु फर्स्यौट गर्न गृहमन्त्रीको निर्देशन (भिडियो रिपोर्टसहित)
२०७८ चैत २८ गते १७:४५

२८ चैत २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फर्स्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गर्नु भएको छ ।
गृह मन्त्रालयमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको बिदाई कार्यक्रममा मन्त्री खाणले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी काम गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले बेरुजु फर्स्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गर्नु भयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया