Main News
काठमाडौंको मेयरमा समीक्षा बाँस्कोटा विवेशकशील साझाको उम्मेदवार
२०७८ चैत २८ गते १३:११

२८ चैत २०७८ काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ ।
विवेकशील साझाले समीक्षा बाँस्कोटालाई उम्मेद्वार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवं केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभामा उम्मेद्वार हुनु भएको थियो ।
प्रतिक्रिया