राजनीति

सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज

हिमालय टिभी
२०७८ चैत २८ गते ८:०८
सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज

२८ चैत २०७८ काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको बैठकले पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सयोजकत्वको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो । जस अनुसार चैत मसान्तभित्र रिर्पोट पठाउन भनेको छ ।

यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो ।

गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा सोमबारनै संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्