राजनीति

गठबन्धनले अर्थतन्त्र ध्वस्त बनाएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २७ गते १९:०९
गठबन्धनले अर्थतन्त्र ध्वस्त बनाएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको आरोप लगाउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि बताउनुभयो । उहाँले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले केही समयपछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो ।

देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्