Main News

पशुपति क्षेत्रमा बाँदरले यसरी आशिर्वाद दिन थालेपछि… (भिडियो रिपोर्टसहित)

२०७८ चैत २७ गते १८:३८
पशुपति क्षेत्रमा बाँदरले यसरी आशिर्वाद दिन थालेपछि… (भिडियो रिपोर्टसहित)

२७ चैत २०७८ काठमाडौं । पशुपतिनाथ मन्दिर नजिक सूर्यघाटको पहरामा एउटा बाँदरले अस्वभाविक गतिविधि देखाउने गरेको छ । जसका कारण यो बाँदरलाई हनुमानकै रुपमा पूजाआजा गर्ने र आशिर्वाद लिनेहरुको भीड लाग्न थालेको छ ।

पशुपति क्षेत्र नजिकको सूर्यघाटस्थित पहरामा बनाइएको टहरामा संरक्षित गरिएको बाँदर । सामान्य रुपमा पशुपति वरपर देखिने अरु बाँदरको भन्दा फरक स्वभाव भएका कारण मानिसहरुले यो बाँदरमा हनुमानको शक्ति भएको विश्वास गरेर पूजा गर्ने र आशिर्वाद लिने गर्छन् ।

पछिल्ला केही दिनयता यो बाँदरमा शक्ति भएको ठानेर पूजा गर्नेहरुको भीड बढ्न थालेको छ । गुहेश्वरीका सुनोज श्रेष्ठले १० वर्षदेखि संरक्षण गरेर राखेको यो बाँदरको नाम नै पवन राखिएको छ ।

अन्य बाँदरले भन्दा अस्वभाविक गतिविधि देखाएको भन्दै सुनोजले नै यो बाँदरलाई सूर्यघाटको पशुपंक्षी संरक्षण गर्ने ठाउँमा ल्याएर छोडिदिनु भएको हो ।

यो बाँदरले मानिसले जस्तो सुझबुझ राख्ने, आर्शिवाद दिने, मानिसले जसैगरी बिहान साँझ खाना खाने, अन्य बाँदरले जस्तो उच्श्रृंगल गतिविधि नगर्ने सुनोजको भनाइ छ ।

यो बाँदर लामो समयदेखि मानिसको हेरचाह र संगतमा हुर्किएकाले जंगलमै डुलिरहने बाँदरको भन्दा फरक गतिविधिमा देखिने गरेको छ ।

तर पुष्टि नभएको शक्तिको विश्वासमा मानिसहरुले दैनिक पूजाआजा गर्ने र यो बाँदरलाई मिठा खानेकुरा दिने क्रम बढेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *