राजनीति

एकीकृत समाजवादीका नेताहरुले एमाले र ओलीको गरे यस्तो आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २६ गते १८:४३
एकीकृत समाजवादीका नेताहरुले एमाले र ओलीको गरे यस्तो आलोचना (भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

कठमाडौंको भृकुटीमपण्डपमा आयोजित सभामा एकीकृत समाजवादीका नेताहरु एमाले र ओलीविरुद्ध खनिएका हुन् ।

कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले एमालेले अध्यक्ष ओलीलाई गफाडीको संज्ञा दिँदै गफाडीलाई गफ गर्ने छुट दिएर आफूहरुले काम गर्नु पर्ने बताउनुभयो ।

अध्यक्ष नेपालभन्दा बढि आक्रमक रुपमा प्रस्तुत भएका पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई किलोको ढकको संज्ञा दिएकोमा ओलीको आलोचना गर्नुभयो । एकीकृत समाजवादी पार्टी किलोको ढक नभएर अब हरेक जिल्लामा दशौं टनको पार्टी बनेको हेर्न ओलीलाई खनालले चुनौती दिनुभयो ।

त्यस्तै पार्टीका स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठले एमालेमा रहेका क्रान्तिकारी विचार बोक्नेहरु सबै एकीकृत समाजवादीमा आवद्ध भएकाले अब एमाले पार्टीमा बोक्रो मात्रै बांकी रहेको टिप्पणी गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्