समाज

बुटवलमा मुलुककै पहिलो र नमूना ढुवानी ग्राम निर्माण(भिडियो रिपोर्टसहित)

२०७८ चैत २६ गते १८:०३
बुटवलमा मुलुककै पहिलो र नमूना ढुवानी ग्राम निर्माण(भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ बुटवल । लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानी ग्राम निर्माण गरिएको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा बनाएको यो ढुवानीग्रामका कारण मालवाहक गाडीको व्यवस्थापनमा सहज भएको छ ।

बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसंगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रुपमा हेवी लोडका सवारी साधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम सञ्चानलमा ल्याएको छ । वडा नं।१२ स्थित उपमहानगरको स्वामित्वमा रहेको तीन विगाह क्षेत्रफलमा करिब ३० करोड लागतमा ढुवानीग्राम निर्माण गरिएको छ ।

सार्वजनिक निजी क्षेत्रको साझेदारीको योजना अनुसार रुपन्देही परिवहन प्रालिको १२ करोड र उपमहानगरपालिकाको १८ करोड लगानीमा बिल्ड, अपरेट र ट्रान्सफर मोडलमा ढुवानी ग्राम निर्माण गरिएको हो । जहाँ ४९ वटा सेड निर्माण गरिएको छ ।

ठूला मालवाहक सवारी साधनको चापका कारण बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको थियो । अहिले बजारबाट दुई किलोमिटर टाढा ढुवानीग्राम निर्माण हुँदा बजार क्षेत्रमा पनि सवारी साधनको चाप घटेको छ । यहीँबाट ठूला साधनबाट सामान सानो गाडीमा सारेर सम्बन्धित ठाउँमा पठाउने गरिन्छ ।

ढुवानीग्रामसम्म पुग्ने व्यवस्थित पहुँचमार्ग बनाइएको छ । यहाँ साना ग्यारेजदेखि प्राथमिक उपचार कक्ष समेत बनाइएको छ ।

उपमहानगरपालिका र परिवहन प्रालिले सम्झौता गरेर ढुवानीग्रामलाई दिगो रुपमा सञ्चालनका लागि मापदण्ड बनाएका छन् । सम्झौताअनुसार उक्त प्रालिले १५ वर्षपछि उपमहानगरपालिकालाई ढुवानी ग्राम हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *