राजनीति

सरकार र गठबन्धनमाथि ओलीका आरोपै आरोप (भिडियो रिपोर्टसहित)

सरकारले गभर्नर अधिकारीलाई बलिको बोका बनाएको आरोप

हिमालय टिभी
२०७८ चैत २६ गते १४:३२
सरकार र गठबन्धनमाथि ओलीका आरोपै आरोप (भिडियो रिपोर्टसहित)

२६ चैत २०७८ काठमाडौं । नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेकोमा विरोध गरेको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेको एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्ज रहेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचन आयोग सत्तापक्षको आडमा चलेको आरोपसमेत लगाउनुभयो। आयोगले जारी गरेको आचारसंहितमा आफ्नो पार्टीको असन्तुष्टिलाई आयोगले बेवस्ता गरेको उहाँको आरोप छ ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाइलाई राष्ट्रियसभा सदस्य बनाएकोप्रति पनि आपत्ति जनाउनुभयो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको समस्या समाधान गर्न निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मनोनयनको दुई दिनको समय दिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्