Main News

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, वैशाख १ गतेदेखि लागू हुने

हिमालय टिभी
२०७८ चैत २६ गते १३:१०
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, वैशाख १ गतेदेखि लागू हुने

२६ चैत २०७८ काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको हिजोको निर्णय अनुसार भाडा बढेको हो । नयाँ भाडा दर वैशाख १ गतेबाट लागू हुनेछ ।

समायोजनपछि सार्वजनिक सवारी साधनको भाडादर पाँचदेखि २० किलोमिटरको २ देखि ३ रुपैयाँसम्म बढेको छ । यस्तै पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै ट्याक्सीको प्रति २ सय मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भए भाडा समायोजन गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *