Main News

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ चैत २६ गते ९:०४
आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

२६ चैत २०७८ काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसम बदली रहनेछ ।

महाशाखाले यतिबेला काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति भने प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशभरको मौसमद आंशिकदेखि सामान्य बदली रहने हुँदा वर्षा र चट्याङ्गको जोखिमबाट बच्न तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *