Main News

आज चैते दसैँ मनाइँदै

हिमालय टिभी
२०७८ चैत २६ गते ८:५१
आज चैते दसैँ मनाइँदै

२६ चैत २०७८ काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दसैँ मनाइँदैछ ।

देवीको पूजा उपासना गर्दै चैते दसैँ मनाइने गरिन्छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दू धर्मावलम्बीहरूले वर्षमा दुई पटक असोज र चैतमा मनाउने गर्दछन् ।

असोजमा मनाइने दसैँलाई बडादसैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ । आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ । चैते दसैँको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, सङ्कटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *