राजनीति

बढ्यो चुनावी चहलपहल, राप्रपामा देखियाे जनलहर (भिडियो रिपोर्टसहित)

२०७८ चैत २५ गते २०:५२
बढ्यो चुनावी चहलपहल, राप्रपामा देखियाे जनलहर (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौ । कमल थापा अलग्गिएपछि पार्टी विभाजनको मार खेपेको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा गरेको छ । खुल्लामञ्चमा आयोजना गरेको आमसभामा उल्लेख्य कार्यकर्ताहरु उतार्‍यो ।

काठमाडौंमा मात्रै नभएर विभिन्न जिल्लामा राप्रपाले आयोजना गरेको चुनावीसभामा पनि उसै गरी जनसभागिता देखिएको थियो । राप्रपामा देखिएको जनलहरलाई कसैले पार्टी नेतृत्वमा आएको परिवर्तन भनेका छन् भने कसैले एजेण्डाका कारण आकर्षण बढेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका विभिन्न स्थानमा आमसभा गरेपछि शुक्रवार काठमाडौं केन्द्रित आमसभा गर्यो । आमसभामा चलचित्र अभिनेतृ रेखा थापादेखि अध्यक्ष राजेन्द्र लिंग्देनसम्म दर्जन बढि नेताहरुले मन्त्वय दिए । नेताहरुको मनतव्यकै बीचमा पार्टी प्रवेशको कार्यक्रम राखिएको थियो ।

आमसभा नभएर पार्टी प्रवेश कार्यक्रम जस्तो देखिने गरी विभिन्न पार्टीमा रहेका र नरहेका दर्जनौं व्यक्तिहरु राप्रपामा प्रवेश गरे । खुल्लामञ्चमा आयोजित आमसभामा मात्रै नभएर अध्यक्ष लिंग्देनको गृहजिल्ला झापा लगायतका स्थानमा आयोजित कार्यक्रममा पनि राप्रपा प्रवेशको यस्तै लहर देखिएको थियो ।

पार्टीको कार्यक्रममा उपस्थितिको संख्या र पार्टी प्रवेशको अवस्थाको मूल्यांकन गर्दा राप्रपामा पछिल्लो समय आर्कषण देखिएको छ । काठमाडौंको आमसभामा सहभागीले दिएको प्रतिक्रियालाई आधार मान्दा पार्टीको एजेण्डा र अध्यक्ष लिंग्देनको नेतृत्वलाई विश्वास गरेको पाइयो ।

अध्यक्ष लिंग्देलले पटक पटक मौका दिँदा पनि ठूला राजनीतिक दलहरुले देश र जनताका लागि कुनै योगदान नदिएको बरु देशमा भ्रष्टाचार बढेको भन्दै आलोचना गर्दै आउनु भएको छ । उहाँले कति पटक मौका दियो भने ठूला दलहरुले र नेताहरुले देश बनाउँछन् भन्दै प्रश्न उठाउनुभयो ।

कमल थापा राप्रपाको नेतृत्वबाट हटेसंगै राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । जनजाती पृष्ठभूमीका र हिन्दु राष्ट्र, राजतन्त्रको समर्थन गर्ने लिंग्देलले भ्रष्टाचार विरुद्ध कडा प्रहार गर्दै आउनु भएको छ । जनजिविकाका सवाल उठाउने भएकै कारण पनि लिंग्देल र उहाँको पार्टी प्रति जनअपेक्षा बढेको हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्