Main News

विकृति, विसंगतिसँग लड्ने बारका नवनिर्वाचित अध्यक्ष घिमिरेको प्रतिवद्धता

हिमालय टिभी
२०७८ चैत २५ गते १८:५८
विकृति, विसंगतिसँग लड्ने बारका नवनिर्वाचित अध्यक्ष घिमिरेको प्रतिवद्धता

२५ चैत २०७८ काठमाडौ । नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगतिविरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताउनु भएको छ ।

नेपाली कांग्रेस निकट घिमिरे बारको अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँसँगै बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको प्यानल नै विजयी भएको छ ।

गठबन्धनको प्यानलले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो ।

घिमिरेले ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी अधिकारीले २४ सय ८२ मत ल्याउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताउनु भयो । उहाँले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानूनकर्मीको उत्पादनमा जोड दिने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *