राजनीति

पूरा होला कमल थापाको सूर्य चिन्हमा चुनाव लड्ने इच्छा ?

हिमालय टिभी
२०७८ चैत २५ गते १८:५३
पूरा होला कमल थापाको सूर्य चिन्हमा चुनाव लड्ने इच्छा ?

२५ चैत २०७८ काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो । उहाँले स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सहमति भएको पनि बताउनुभयो ।

अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरुले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताउनुभयो ।

अध्यक्ष थापाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्