समाज

जनप्रतिनिधिको बेवास्ता र ठेकेदारको ढिलासुस्तीले निर्माण कार्य अलपत्र (भिडियो रिपोर्टसहित)

२०७८ चैत २५ गते १८:३०
जनप्रतिनिधिको बेवास्ता र ठेकेदारको ढिलासुस्तीले निर्माण कार्य अलपत्र (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ धादिङ । पृथ्वीराजमार्गस्थित मलेखु र आरुवासटार जोड्ने पक्की पुल अलपत्र परेको छ । जनप्रतिनिधिको बेवास्ता र ठेकेदारको ढिलासुस्तीका कारण त्रिशुली नदीमा बन्दै गरेको पक्की पुल निर्माणमा ढिलाइ भएको हो ।

२०७५ पुसमा शिल्यान्यास भएको धादिङको बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिका जोड्ने निर्माणाधीन पक्कीपुल अलपत्र परेको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ३८ महिनामा २० प्रतिशत मात्र काम सकिएको छ ।

महावीर नीलगिरी नेशनल जेभीले पुल निर्माणको ठेक्का पाएको थियो । सुरुवातमा निर्माणको केही काम गरेको निर्माण कम्पनीले केही समयपछि नै काम गर्न छोड्यो ।

पुल निर्माणका लागि ल्याइएका सामग्रीहरु यत्रतत्र छरिएका छन् भने छडलगायतका फलामका सामग्री खिया लाग्न थालेका छन् । जनप्रतिनिधि र ठेकेदारलाई पटकपटक ताकेता गर्दा उनीहरुले विभिन्न बाहना बनाउने गरेको स्थानीय बताउँछन् ।

पुलको निर्माण कार्य शुरु भएपछि स्थानीय उत्पादित तरकारीको बजारीकरणमा सहज हुने आशामा खुसी बनेका थिए । तर निर्माण कार्य अलपत्र पर्दा उनीहरु निरास बनेका छन् ।

१ सय ४० मिटर लम्बाईको यो पुल १४ करोड रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको थियो । पुल निर्माणमा ढिलाई भएपछि स्थानीयले कालुपाण्डे मार्गको मलेखु बुङचुङ भएर आवश्यक समग्रीको ढुवानी गर्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *