वायु प्रदुषणका कारण मृत्युदर यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौं । हामी बाँचिरहेका छौं त अक्सिजनका कारण । सामान्य भाषामा भन्दा हावाका कारण । हामीलाई बचाइरहेको हावा अब मृत्युको कारक बन्दैछ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वायु प्रदुषणका कारण नेपालमा वर्षेनी ३७ हजार ६ सय ८३ जनाको मृत्यु हुने गरेको छ । यीमध्ये घरभित्रको प्रदुषणले २३ हजार ३ सय ९७ र घर बाहिरको प्रदुषणबाट २१ हजार ९ सय नौ जनाको मृत्यु भएको छ । यसको अर्थ हामीले फेरिरहेको हावा विष बन्दैछ ।
वायु प्रदुषणका कारण ज्यान जानुको मुख्य कारण हो, विभिन्न नसर्ने रोग लाग्नु । फोक्सो, मुटुको समस्या, छाला, श्वासप्रश्वाससँग सम्बन्धित रोग प्रदुषित हावाका कारण लाग्ने गरेको छ । दुई दशमलव पाँच माइक्रोन भन्दा सानो धुलोका कण शरिरमा पुग्दा विभिन्न रोगको समस्या देखिने गर्छ ।
सवारी साधन तथा आद्योगिक कलकारखानाबाट निस्किने धुँवा, अन्य काम गर्दा निस्कने धुँलो, प्लाष्टिक जलाउँदा निस्कने धुँलोको कण लगायत विभिन्न कारणले वायु प्रदुषण बढीरहेको छ । यसको असर हाम्रो स्वास्थ्यमा परिरहेको छ । प्रदुषित हावाबाट बच्न के गर्न सकिन्छ ?
विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु प्रदुषित हावाको कारण हुने गरेको छ । वायु प्रदुषणलाई समयमा नै कम नगरे, मानव समुदायको पतनको कारक नै वायु प्रदुषण बन्नेमा शंका छैन ।
प्रतिक्रिया