नेपाल बार एशोसिएशनको अध्यक्षमा घिमिरे नेतृत्वको प्यानल विजयी

२५ चैत २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपाल घिमिरे विजयी हुनुभएको छ ।
बारको चुनावमा सत्तागठबन्धननिकट प्यानल नै विजयी भएको हो । घिमिरे कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशनका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिनुभयो ।
घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गर्नुभएको छ । यसैगरी, महासचिव अन्जिता खनाल विजयी हुनुभएको छ। खनालले ३६ सय ८२ मत ल्याउनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गर्नु भयो ।
कोषअध्यक्षमा भरतबहादुर राउत विजयी हुनुभएको छ । उहाँले चार हजार ३६ मत प्राप्त गर्नु भयो । राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गर्नुभएको हो ।
विजयी सबैजना सत्ता गठबन्धनको प्यानलका रहेका छन् । गत चैत्र १९ गते भएको बारको निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो । २५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
प्रतिक्रिया