राजनीति

एकीकृत समाजवादीले काठमाडौंमा भोलि गर्ने सभा र प्रदर्शनको तयारी पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २५ गते १४:२८
एकीकृत समाजवादीले काठमाडौंमा भोलि गर्ने सभा र प्रदर्शनको तयारी पूरा (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि काठमाडौंमा स्थानीय तह निर्वाचन केन्द्रीत प्रदर्शन र आमसभा गर्ने भएको छ ।

प्रदर्शनबारे जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकाबाट २० हजारभन्दा बढी कार्यकर्ता उतार्ने जानकारी दिइएको छ ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कुसुमकुमार कार्कीले भोलिको सभाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

देशभर संगठन विस्तारको तयारीमा रहेको एकीकृत समाजवादीले आगामी चुनावमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेलमा जोड दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्