आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

२५ चैत २०७८ काठमाडौं । आज स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘तपार्इंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ आज छैटौँ स्वास्थ्य बीमा दिवस मनाइँदै छ । २०७२ मा कैलाली जिल्लाबाट शुरु भएको स्वास्थ्य बीमा देशैभर लागू भइसकेको छ । स्वास्थ्य बीमामा हालसम्म ५३ लाख ४ हजार २ सय ७० जनाले मात्रै बीमा गराएका छन् ।
तीमध्ये २० लाख ८९ हजार ५ सय ९९ जनाले मात्र बीमा सेवा लिएका छन् भने बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका छन् ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताउनुभयो ।
उहाँले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया