Main News

आज प्रदेश १, बागमती र गण्डकीका भू–भागमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ चैत २४ गते ९:५१
आज प्रदेश १, बागमती र गण्डकीका भू–भागमा हल्का वर्षाको सम्भावना

२४ चैत २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च पहाडी तथा हिमाली भेगमा मौसम बदली रहने बताएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ को पहाडी भू–भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको भू–भागमा वर्षा हुने र तराईका क्षेत्रमा तापक्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *