Main News

मोहना पुल–अत्तरिया ६ लेन सडक अझै अलपत्र (भिडियो रिपोर्टसहित)

२०७८ चैत २३ गते २०:४९
मोहना पुल–अत्तरिया ६ लेन सडक अझै अलपत्र (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ कैलाली । कैलालीको मोहना पुलदेखि अत्तरियासम्मको ६ लेन सडक निर्माणको काम शुरु भएको पाँच वर्ष हुन लाग्दा समेत पूरा हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको भए पनि ठेकेदार कम्पनीको लापरबाही र जिम्मा दिने निकायको बेवास्ताका कारण आयोजना नै अन्योलमा परेको छ ।

मोहना पुलदेखि अत्तरियाको दूरी साढे १४ किलोमिटर मात्र छ । यहाँ ६ लेनको सडक बनाउने कार्य २०७४ साल जेठमा सुरु भएको थियो । एक अर्व ६० करोडको लागतमा दुई वर्षमा निर्माण गरिसक्ने गरी ठेक्का लागे पनि अहिलेसम्म काम सम्पन्न भएको छैन ।

यसबीचमा चार पटक म्याद थप भइसकेको छ । पहिलो पटक २०७६ जेठसम्म, दोस्रो पटक ७७ मंसिरसम्म, तेस्रो पटक २०७८ जेठसम्म र चौथो पटक २०७८ चैतसम्मका लागि म्याद थपियो । तर, थपिएको म्याद एक हप्ताभन्दा कम समय बाँकी छ । समयमै सडक निर्माण सम्पन्न नबन्दा स्थानीय पनि निराश छन् । राज्यले नै ठेकेदारलाई कारवाही गर्न नसक्दा यो अवस्था आएको उनीहरुको बुझाइ छ ।

नियमन गर्ने निकायलाई पनि कोरोना कहर र मुआब्जा विवाद बहाना बनेको छ । अहिले ९५ प्रतिशत काम सकिएको र समयमै निर्माण सम्पन्न हुने दाबी आयोजनाकी सब(ईञ्जिनियर करिश्मा भट्टको दाबी छ ।

२ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सडक पाँच बर्ष वितिसक्दा पनि सम्पन्न हुन नसक्नु दुर्भाग्य हो । सडक अलपत्र हुँदा स्थानीयले सास्ती त पाएका छन् नै त्यसमाथि दुर्घटनाको जोखिम समेत उच्च छ । स्तरीय सडकमा यात्रा गर्ने आशामा रहेका यस क्षेत्रका नागरिक ठेकेदारको हेपाहा प्रवृत्ति र सरकारको लाचारिपनले वाक्क भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *