राजनीति

गठबन्धन सरकार कुहिएर झर्ने अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २३ गते १८:१२
गठबन्धन सरकार कुहिएर झर्ने अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको दाबी गर्नुभयो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताउनुभयो । उहाँले सरकार ढाल्न आफुहरुले कोशिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्