राजनीति

नेपाली कांग्रेस लुम्बिनीद्वारा सत्ता गठबन्धन दलसँग वार्ता गर्न समिति गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २३ गते १४:३२
नेपाली कांग्रेस लुम्बिनीद्वारा सत्ता गठबन्धन दलसँग वार्ता गर्न समिति गठन (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले सत्ता गठबन्धन दलहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमर सिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिको सदस्यमा भरत शाह, भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना हुनुहुन्छ । सभापति पुनले सबैलाई न्यायोचित हुने गरी गठबन्धन दलसँग तालमेल गर्न वार्ता समिति गठन गरेको जानकारी दिनुभयो ।

बैठकले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र लेख्न विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्