Main News

सुख्खा बन्दरगाहले उपत्यकालाई अन्तर्राष्ट्रिय ब्यापार हब बनाउने प्रधानमन्त्रीको दाबी

हिमालय टिभी
२०७८ चैत २२ गते १८:२७
सुख्खा बन्दरगाहले उपत्यकालाई अन्तर्राष्ट्रिय ब्यापार हब बनाउने प्रधानमन्त्रीको दाबी

२२ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताउनुभएको छ ।

बन्दरगाह उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने बताउनुभयो । उहाँले वस्तु तथा सेवाको आयात र निर्यातलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सुख्खा बन्दरगाहले भूमिका खेल्ने विश्वास गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भए पनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो । कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए मात्रै रेल ल्याउन सकिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *