आज पनि प्रदेश १, बागमती र गण्डकीमा मौसम बदली रहने

२२ चैत २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाले हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको बताएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १ को पहाडी भू–भागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुनाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया