Main News

यस्ता छन् ओलीको बोलीले निम्ताएका विवादहरु (भिडियो रिपोर्टसहित)

२०७८ चैत २१ गते २०:५४
यस्ता छन् ओलीको बोलीले निम्ताएका विवादहरु (भिडियो रिपोर्टसहित)

२१ चैत २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कति अपरिपक्व हुनुहुन्छ भन्ने कुरा उहाँले बेला बेलामा दिने विवादास्पद बोलीले नै पुष्टि गरेको छ ।

धेरैजसो उखानटुक्का भनेर विपक्षीहरुलाई खह्रो शब्दमार्फत आक्रमण गर्ने ओली दुई पटकसम्म मुलुकको बागडोर सम्हालिसकेका र देशकै ठूलो पार्टीको अध्यक्ष पनि हुन् । कटाक्षपूर्ण बोली र व्यंग्यवाणका कारण ओली आलोचित हुनुपरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण आक्रोशित मात्र हुँदैन, हाँस्य–व्यंग्यले भरिपूर्ण हुन्छ । कहिलेकाँही त पूर्वप्रधानमन्त्री ओली संस्कृतिविद् बनिदिनुहुन्छ त कहिले महापण्डित ।

त्यति मात्र होइन, उहाँ पटक–पटक चिकित्सक जस्तै सुझाव दिन पनि माहिर हुनुहुन्छ । ओलीले आफ्नो सम्बोधनमा भन्ने उखान–टुक्काको त कुरै छाडौं । विपक्षीलाई तल्लोस्तरमा उत्रिएर प्रहार गर्न पछि नपर्ने ओलीका अभिव्यक्तिले कहिले काँही लाज पनि लजाउँछ ।

प्रकरण १ः
कोरोना महामारीका बेला बेसार पानी खाने र अम्बाको पात पकाएर खाए हाछिउँ गरेरै कोरोना फाल्न सकिने अर्को अभिव्यक्ति दिनुभयो ।

प्रकरण २ः
प्रधानमन्त्री रहेका बेला ओलीले सांसद गगन थापालाई मैले भनेको भनेर दिएको अभिव्यक्तिले पनि निकै चर्चा पायो ।

प्रकरण ३ः
प्रधानमन्त्री समेत भइसकेका एमाले अध्यक्ष ओलीले संसदमै कांग्रेसलाई निम्छराको संज्ञा दिनुभयो ।

प्रकरण ४ः
ओलीले भगवान् रामको भूमि अयोध्या भारतमा नभई नेपालमै भएको अभिव्यक्ति पनि दिन भ्याउनुभयो ।

प्रकरण ५ः
ओलीले दिनुभएको अर्को विवादास्पद बोली हो भ्यूटावरको प्रसंग र जुम्रा उम्रिने अभिव्यक्ति ।

प्रकरण ७ः
त्यस्तै अर्को कार्यक्रममा ओलीले एमाले क्विन्टलको ढकजस्तो रहेको र अन्य दल एक किलोका ढकजस्तो रहेको बताउनुभएको थियो ।

देशकै सबैभन्दा ठूलो पार्टीका अध्यक्ष र दुईपटक प्रधानमन्त्री भइसकेका ओलीको बोल्ने शैलीले उहाँको कद घटाएको मात्र होइन, नेताभन्दा हाँस्य कलाकारको दर्जा पो पाउनुभएको छ ।

ओलीज्यू, यस्ता निम्नस्तरको बोलीले तपाईको हाँस्यको पात्र बन्दै हुनुहुन्छ । आफूलाई सुधार्ने कि क्यारम बोर्डमा टंकी हान्दै आफूलाई सबैतिर अब्बल देखाउने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *