राजनीति
२०७४ सालको सिट संख्या बाँडफाँट गरिए अमान्य हुने डा. भट्टराईको चेतावनी
२०७८ चैत २१ गते १८:३६
२१ चैत २०७८ रुपन्देही । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा २०७४ सालको निर्वाचन हेरेर सिट बाडफाँट गरिए आफूहरुलाई मान्य नहुने बताउनु भएको छ ।
जसपाले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सम्मानजनक सिट बाँडफाँट भए मात्र गठबन्धनबाट चुनाब लड्ने प्रष्ट पार्नुभयो ।
आफूहरुको पार्टी नयाँ भए पनि भविष्यमुखी भएको दाबी गर्दै भट्टराईले गठबन्धनमा कुरा नमिले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने दाबी गर्नुभयो ।
अहिले संविधान र लोकतन्त्र कार्यान्वयन पूर्ण नभएको भट्टराईको भनाइ छ । पहिले भ्रष्टाचारीहरु दरबार र सिंहदरबारमा भए पनि अहिले गाउँगाउँमा भ्रष्टाचारी पुगेको बताउनुभयो ।
प्रतिक्रिया