Main News

निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका स्वीकृत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २१ गते १८:०५
निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका स्वीकृत (भिडियो रिपोर्टसहित)

२१ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ ।

आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विभिन्न निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको बताउनु भयो ।

उहाँले स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने र सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने बताउनु भयो ।

आयोगले निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण विराटनगर, धुलिखेल, बुटवल र नेपालगञ्जमा सम्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *