डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सात जना घाइते
२० चैत २०७८ डोटी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।
दुर्घटनमा पूर्वी चौकी गाउँपालिका–३ डोटीका १८ बर्षका खेम बोहरा, र ४५ बर्षका पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो ।
घाइते हुनेमा पूर्वीचौकी गाउँपालिकाका योशोदा बोहरा, मोहन बोहरा, अमरसिंह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुलाका लोकराज जोशी रहेका छन् ।पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको छ । घाइतेमध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया