समाज

सुदूरपश्चिम संसद विजनेशविहीन (भिडियो रिपोर्टसहित)

२०७८ चैत २० गते २०:१६
सुदूरपश्चिम संसद विजनेशविहीन (भिडियो रिपोर्टसहित)

२० चैत २०७८ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक बिजनेश नहुँदा नियमित हुन सकिरहेको छैन । सभामुख अर्जुनबहादुर थापाले केही दिन अघि शुरु भएको हिउँदे अधिवेशनको दोस्रो दिनको बैठकमा पहिलो पटक सरकारलाई ‘बिजनेश’ दिन रुलिङ गर्नु भएको थियो । तर सरकारले अहिलेसम्म विजनेश नदिँदा १७ गते र आज पनि बैठक बस्न सकेन ।

एउटा अधिवेशन सकिएको छ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । छ महिना पुग्न केही दिनमात्र बाँकी रहँदा यो हिँउदे अधिवेशन गत आइतवार मात्र शुरु भएको थियो ।

तर बिजनेश नहुँदा बैठक चल्नै सकेन । कार्यसूचि नभएकै कारण यसअघिको बजेट अधिवेशनको बैठकसमेत नियमित हुन सकेको थिएन । प्रदेशसभा बैठक नियमित हुन नसक्दा सरकार र प्रदेश सभामाथि नै सांसदले प्रश्न उठाउन थालेका छन् ।

सरकारले बिजनेश नदिएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । सरकार प्रदेशसभालाई कार्यसूची दिनुको सट्टा आफ्नै स्वार्थ पूरा गर्न लागेको एमालेको आरोप छ ।

नयाँ विधेयक एउटा पनि दर्ता नहुँदा प्रदेश सभाले काम नपाएर बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । अब अर्को बैठक २३ गतेका लागि तोकिएको छ। तर कार्यसूची के हुने टुंङ्गो छैन ।

प्रदेशसभाले काम थालेको चार वर्ष पूरा भएर पाँचौँ वर्ष लाग्दा ५६ वटा कानून बनेका छन् । बनाएका कतिपय कानून संशोधनको प्रक्रियामा छन् । बनेका कतिपय ऐनको प्रभावकारी कार्यान्वयन नभइरहेको प्रदेशसभा सदस्यको अनुभव छ ।

ऐन कार्यान्वयनमा नआउँदै कतिपय ऐनको संशोधनमा जानुपर्दा विधेयक निर्माणमा प्रदेश सरकार र संसदीय समितिको क्षमता माथि नै प्रश्न उठाउन थालिएको पनि छ ।

अहिले पनि छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक झण्डै नौ महिनादेखि समितिमा थन्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *